आगामी ८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै रहेको मौसम बिभागले जनाएको छ।
विभिन्न मौसम पूर्वानुमान मोडेलले वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे फरक–फरक संकेत गरे पनि सबै मोडेलले भारी वर्षाको सम्भावना देखाएको छ।
केही मोडेलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएको उल्लेख गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक पूर्वतयारी गर्न आग्रह समेत गरेका छ।
मौसम बिभागले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन सबैलाई सजग र सतर्क रहन आग्रह गरेको छ।
‘८–१२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै छ। विभिन्न मोडेलले वर्षाको मात्रा (४०० मिलिमिटर भन्दा धेरै) र प्रभावित क्षेत्र केही फरक देखाए पनि सबैले भारी वर्षाको सम्भावना देखाएका छ’ ‘त्यसैले आवश्यक पूर्वतयारी गर्दै सजग र सतर्क रहनुहोला।’


















