माघ १२ : काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर दम्पतीको मृत्यु भएको छ।
काठमाडौँको शंखरापुर नगरपालिका-३ बोझेनीमा घरभित्रै उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया श्रीमती फूलमाया थिङ रहेको प्रहरीले जनाएको छ।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।
थिङ दम्पत्तीका छोरा सुनिल भने सकुसल छन्। बुवा(आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको छ।