खुकुरी प्र हार गरी दुई जनाको ह त्या गरेको आ’रोपमा तामाङ प’क्राउ

माघ २४: सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको ह’त्या आ’रोपमा एक व्यक्ति प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा सोही ठाउँका विजयबहादुर तामाङ रहेका छन् । आइतबार बेलुका करिब पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुई जनाको ह’त्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुई जनाको हत्या गरेको प्रहरीले जनाएको छ । ह’त्यापश्चात् भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रारम्भिक सोधपुछमा तामाङले ह’त्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

तामाङविरुद्ध धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसुरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ ।