स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ २४:  लामो समयदेखि अन्योलमा रहेको चुनावकोे मिति तय भएको छ , आज बसेको मन्त्रिपरिषद्को बैठकले चुनाव मिति तय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ साल बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्नेबारे यसअघि समझदारी गरेका थिए ।

तर, आजको मन्त्रिपरिषद् बैठकले भने ०७९ साल बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले सन्दर्भटूडे लाई जानकारि गराएका छन् ।