४ हजार १५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण

चैत्र २६ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ४४ जना संक्रमणमुक्त भएका छन्।  नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ सय ३७ छ।