चितवनको भरतपुरमा व्यापारिक भवनमा आगलागी

बैशाख १५ :  चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ । बुधबार राति २ बजेदेखि सुरु भएको आगलागी बिहीबार बिहान ७ बजे मात्रै नियन्त्रणमा आएको हो । आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।