असार ३ : गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताइएको छ ।
आरोपी शिक्षकलाई बालयौन दुर्व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


















