असार १८ : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय ६७ जनामा गरिएको परीक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ३ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।


















