कोरोना संक्रमितको ग्राफ बढ्दो, थप ५३ जनामा कोरोना संक्रमण

असार १९ : नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागेको छ । आजमात्र थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ८ सय १ जना पुगेको मन्त्रालयले जनाएको छ । यस्तै .सक्रिय संक्रमितको संख्या ३ सय ३३ रहेको छ ।

मन्त्रालयका अनुसार आज २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ५ सय १६ जना रहेको छ ।