रामेछापमा बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ

असार २३ : रामेछाप प्रहरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका–४ बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेले असार १ गते सुस्त मनस्थितिकी ती बालिकालाई ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेका थिए ।

उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जबरजस्ती करणीपछि फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेविरुद्ध बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।