बारामा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौँ- बारामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्।  जिल्लाको प्रसौनी गाउँपालिका ५ का एकै परिवारका तीन जना मृत भेटिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

‘तीन जना मृत भेटिएका छन्। हामी अनुसन्धान गर्दैछौँ।’ उनले भने।  दिपेन्द्र चौधरीकी २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा र १६ महिनाको राजवीर मृत भेटिएका हुन्। उनीहरू तीनै जनाको शव स्थानीय ढोरा खोलाको किनारमा भेटिएको हो।