महिलाको तनाव व्यवस्थापन तालिम

काठमाडौँ- नसाल नेपाल र साझा धागो संस्थाको संयुक्त आयोजनामा महिलाको तनाव व्यवस्थापन तालिमको तेस्रो चरणको कार्यक्रम सकिएको छ। १४ हप्तासम्म चल्ने तालिममा १८ जना महिला सहभागी छन्। तालिममा शैलुराजभण्डारी, एमी याेन्जन,रिसु थापा मगरले प्रशिक्षण गरेका थिए।

यस कार्यक्रममा महिलामा देखापरेका सामाजिक तथा मानसिक तनाव, यसका लक्षणबारे बुझाउँदै तनावलाई नियन्त्रण गर्न के गर्न सकिन्छ भन्नेबारे सिकाइएको थियो।

चित्र कोरेर रङ्गहरूमा भुलाउनु,सिलाइबुनाइ गरेर त्यसमा ध्यान केन्द्रीत गर्नुलगायत सिर्जनात्मक कार्य गरेर आफूले आफैँलाई महत्व दिए तनाव कम हुने प्रशिक्षकहरूले बताएका छन्।