ललितपुर, वैशाख २२ गते । बुद्धजयन्तीको अवसर पारेर वाइन्ड हर्ष ग्यालरीमा चित्रकला प्रदर्शनी सुरु भएको छ । चित्रकला क्षेत्रमा क्रियाशील तीन पुष्ताको चित्रकलाहरु समेटी झम्सिखेल स्थीत वाइन्ड हर्ष ग्यालरीमा वैशाख २२ गतेदेखि जेष्ठ १२ गतेसम्म विभिन्न शिर्षकमा २६ जना चित्रकारहरुले तयार गरेका चित्रकला प्रदर्शनी गरेको हो ।
२५६७ औं बुद्धजयन्तीको अवसर पारेर शान्तिको सन्देश बोक्ने बुद्धलाई केन्द्रमा राखेर चित्रकला क्षेत्रमा क्रियाशील तीन पुष्ताको चित्रकलाहरु समेटी चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो । “तीनै पुस्ताको कलाकार एकजुट भएको खण्डमा चित्रकलाको क्षेत्रमा सकारात्मक योगदान र्पुयाउन सकिन्छ ।”, संयोजक किरण मानन्धरले भने ।
ललितपुरको झम्सिखेल स्थीत ग्यालरीमा आयोजित प्रदर्शनीमा चित्रकार विपिन कुमार घिमिरे, गौतम रत्न तुलाधर, गोविन्दलाल डंगोल, एल बि मल्ल, किरण मानन्धर, कृष्ण मानन्धर, राधेश्याम मुल्मी, रांगिनि उपाध्याय, शशी विक्रम शाह, श्यामलाल श्रेष्ठ, विजय थापा, हरिजंग बोम्जन, एस सि सुमन, डा. सिमा शर्मा, सुष्मा राजभण्डारी, उमाशंकर शाह, उमेश श्रेष्ठ, अनिता भट्टराई, गौरव रत्न तुलाधर, कुशल श्रेष्ठ, प्रविन श्रेष्ठ, राजेश महर्जन, रत्न शाक्य, शंकर श्रेष्ठ सुर्य दुधराज, सुष्मिता कुँवर सम्मेलित तीन पुस्ताले तयार गरेको चित्रकला प्रदर्शनी गरिने आयोजकले जानकारी दिएका छन् ।
“सम्पतिको रुपमा जग्गा जमिन र सुनचाँदीलाई बुझ्ने नेपाली समाजले चित्रकला र अन्य कलालाई समेत बहुमुल्य धनको रुपमा संग्रहित प्रचलन सुरु गरेको छ”, प्रमुख अतिथिका रुपमा सहभागी रहनु भएको नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको अध्यक्ष सन्तोष चन्द्र कुँवरले कार्यक्रम उद्घाटनको क्रममा भनेका छन् ।


















