मध्यपुर थिमिमा बः फेस्टिभल हुने

भक्तपुर, ३१ बैशाख । सिथिनखको अवसरमा भक्तपुरको मध्यपुर थिमि दुईपोखरीमा बः फेष्टिबल हुने भएको छ ।

मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफुलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ तावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना बः काे नाममा साे फेस्टिबल हुन लागेकाे हाे । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर पर्यटन विकास समिति संयोजनमा जेठ ६ गते शनिबार साे फेष्टिभल हुनेछ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अनुसार नेवाः समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाको बारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिलाइ पर्यटकिय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ बः फेस्टिभल गर्न लागिएकाे हाे ।

मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकिय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठ मन्दिर, पाटी पौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देश विदेशको कुनाकाप्चा पुरयाइने छ ।

मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल हुन लागेकाे बताए । मध्यपुर थिमि न.पा.को पाँच लाख सहयाेगमा  दुईलाख स्वतःस्फुर्त रुपमा भएकाे सहयोग स्वरूप बः फेस्टिभल गर्न गइरहेको उनकाे भनाइ छ ।

मध्यपुर थिमि नगरपालिका–४ दुईपोखरीमा साे कार्यक्रम हुनेछ ।  जेठ ५ गते शनिवारको दिन बिहानको १० बजेदेखि बेलुकाको ७ बजेसम्म हुनेछ ।