चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय

काठमाडौं ५ जेठ । फ्रान्समा सञ्चालन भईरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्या रार्यले चाँदीको कपडा लगाएकी छिन् ।

भारतीय अभिनेत्रीे राय कान्स फेस्टिबलमा लगाएको चाँदी कपडाको कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन । यस पटक आफ्नी छोरी आरध्या लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ बाट कान्स फेस्टिबलमा डेब्यु गरेकी थिईन । यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो ।

उनको यो लुक बाहिरीएपछि उनका फ्यानहरु एकदमै खुसी देखिएका छन् ।