काठमाडौं ५ जेठ । विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सिन्धुली साविक तिनकन्या ग.वि.स. वाडा नं. ९ नव परिणत गोलन्जोर गाउँपालिका वडा नं. ४ घर भएका ४३ वर्षिय कृष्ण मुरारी गुरुङ् रहेका छन् ।
जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी परेपछि कार्यालयबाट खटिगएको विषेश प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
गुरुङ्लाई ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसुरमा काठमाण्डौ अदालतबाट म्याद थप अनुमित लिई अनुसन्धान कार्य भई रहेको छ ।
गुरुङ्ले विभिन्न मिति र समयमा आफ्नो व्यवहार एवं व्यापार मिलाउन सम्पुर्ण सम्पत्तिहरु बिषेश अदालतबाट रोक्का भयो, मुद्दा परेकोले मुद्दा मिलाउन एवं मुद्दामा खर्चको निम्त्ति रकम आवश्यक परेको भनि सुरेश के.सीसँग पटक पटक गरी ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएका थिए ।
यस्तै, बिभिन्न प्रलोभन देखाई विश्वासमा पारी मिति २०७४ साल असोजमा देउ बहादुर गुरुङबाट ३० लाख रकम लिएको र सरिता गुरुङलाई आफुसँग गाडी छ सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख ऋण तिरेपछि बैंकले सो गाडी आफ्नो नाममा पास गरेपछि सरिता गुरुङलाई गाडी खरिद गर्न दिन्छु भनि विश्वास दिलाई पटक पटक गरी २० लाख रकम लिई फरार भएको भनि मुद्दाहरु दर्ता भएका हुन् ।


















