सङ्खुवासभामा बाढीका कारण १ जनाको मृत्यु १७ जना वेपत्ता

काठमाडौं, असार ३ । सङ्खुवासभामा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन ।

चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले थुनिएको खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीका कारण चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा प्रभाव पर्नुको साथै परियोजनामा कार्यरत १९ मजदुरमध्ये १७ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।