सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्री सिंह दम्पतीको मृत्यु

धनगढी ,असार ५ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुर्घटनामा परेका मन्त्री सिंह दम्पतीको उपचारको क्रममा मृत्यु भएको हो ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।