किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा जिल्लाको सिद्धिचरण नगरपालिका–३ अधेरी बस्ने ६५ वर्षीय रुख विर राई(फिन्चु) र सोही ठाउँ बस्ने सागर राई(फुर्तिमान) रहेका छन् ।

फिच्चुले २०७९ कात्तिक ८ गते र फुर्तिमानले २०७९ मंसिर ११ गते ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले रुख विर राईलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।