काठमाडौं, असार २७ । बिरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसी रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यकअनुसन्धान गरिरहेको छ ।
















