काठमाडौं, साउन १५ । द रनवे फ्याशन सोको पहिलो अडिसन तथा अभिमुखीकरण कक्षा सम्पन्न भएको छ ।
राजधानीको वानेश्वरमा रहेको दैलो सियू रेस्ट्रोमा अडिसन तथा अभिमुखीकरण कक्षा भएको थियो ।
पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएर वाइल्ड काड अडिसन खुल्ला गरिसकेको पनि साह स्टुडियो एनड कम्पनिका सिईओ मोनु साहले बताए ।
यो कार्यक्रम पूर्वपनि थुप्रै कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न गरिसकेको र यो कार्यक्रमलाई पनि सफल बनाउने चाहना रहेको साह स्टुडियो एनड कम्पनिका इभेन्ट म्यानेजर टिना थापाले प्रतिबद्धता जाहेर गरिन ।
पहिलो अडिशन पछ्चात अभिमुखीकरण कक्षा साह स्टुडियो एनड कम्पनिका अध्यक्ष राहुल कुमार ढकालको मातहतमा सम्पन्न भएको थियो ।
अभिमुखीकरण कक्षामा कार्यक्रमको बारेमा वृस्तित रुपमा बताउँदै सम्पूर्ण विधार्थीलाई अडिशनमा सेलेक्ट भएकोमा सबैलाई बधाई समेत व्यक्त गरेको साह स्टुडियो एनड कम्पनिका कार्यक्रम संयोजक भावना थापाले बताइन् । यस इभेन्टको निर्णायक मण्डलमा लभिन अन्सारी कोरियोग्राफर, राकेश रामपाल ,मेकप आटिस्ट, राहुल कुमार ढकाल,हास्य कलाकार, सपना ढकाल ,डिजाइनर र टिना थापा ,कलाकार , मोडल तथा इभेन्ट म्यानेजर रहेका थिए।
अफिसियल फोटोग्राफरको भूमिकामा भने सयान्डी पंडित रहेका थिए।

Enter
Write to Shova Senchury


















