काठमाडौं,मंसिर १८ । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा सोमबार दुईजना भारतीय वायुसेना (आईएएफ) का पाइलटको मृत्यु भएको छ ।
पिलाटस पीसि ७ एम के ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा टे«निङको क्रममा दुर्घटनाग्रस्त भएको आईएएफले जनाएको छ ।
आईएएफका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमको क्रममा बिहान ८ः५५ बजे सो विमान दुर्घटना भएको हो । दुर्घटनामा एकजना पाइलट प्रशिक्षक र अर्का क्याडेट पाइटलको मृत्यु भएको आइएएफले ट्वीटमार्फत पुष्टि गरेको छ ।
दुर्घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गरेका छन् ।


















