‘कलियुगको राधा कृष्ण, घाम पानीको छाता’ फिमेल भर्सन बजारमा

काठमाडौँ । घाम पानिको छाता फिमेल भर्जनको गित सार्वजनिक भएको छ । गित ‘कलियुगको राधा कृष्ण ९घाम पानीको छाता०’ फिमेल भर्सन सार्वजनिक भएको हो ।

गोरखाली गायक तथा मोडल रायन बस्याल र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितमा शब्द सुर्य कुमार परियारको छ । लय रायन बस्यालले नै भरेका छन् ।

सङ्गीत संयोजन भने विश्वास नेपालको रहेको छ । भिडियोमा चर्चित मोडल संचिता बोलखे, रायन बस्याल र निमिका थापाको मुख्य भुमिका छ ।

नृत्य निर्देशन संजय विश्वकर्माको रहेको यस गितमा कथा÷निर्देशन पनि रायन बस्याल आफैले गरेका छन् । भिडियोमा रायन बस्याल ‘पण्डित’ कृष्ण प्रसाद आचार्यको भुमिकामा छन जो सबै जात र धर्मलाई समान मान्ने भेदवाव गर्न नहुने पात्रको रुपमा देखिन्छन् ।

मोडल संचिता बोलखे कृस्च्यान धर्म मान्ने राधा न्यौपानेको भुमिकामा छन् भने निमिका थापा बौद्ध धर्म मान्ने राधा तामाङको भुमिकामा छन् । हाल चर्चाको रहेको यो गित गोरखाको लाप्राक नया बस्ती र बारपाक छायाङ्कन गरिएको हो ।