साँफेबगर । अछाम जिल्लाको साँफेबगर नगपालिका वडा नम्बर ९ बुढाकोटमा रहेको बुढाकोट माविमा सरस्वती पुजामा विभेद भएको छ । बुढाकोट माविमा सरस्वती पुजामा दलितलाई विभेद गरिएको हो ।
त्यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई पुजा गर्ने क्रममा स्थानीय ब्राह्मण चेतराज भट्टले विभेद गरेका हुन ।
‘विद्यालयको सरस्वती मन्दिरमा ब्राह्मणको रुपमा चेतराज भट्ट आउनु भएको थियो’ परियारले भने- ‘म टीका लगाउन जाँदा मलाई टीका लगाउन मान्नु भएन र त्यसपछि पातमा टीका राखेर भुइँमा राखिदिनु भयो अनि लगाउ भन्नुभयो ।’
पोहोर साल पनि यसै विद्यालयमा सरस्वती पुजामै आफुलाइ विभेद भएको र विद्यालय द्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रमहरुमा समेत दुइटा भान्सा बनाउने गरिएको परियारले बताए । परियार दलित नगर संजाल साँफेबगरका सचिव समेत हुन् ।