दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

काठमाडौं ।  दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

फलामको साङ्लो बाँधेर दलितमाथी हिंसा गर्ने अपराधी गृहमन्त्री रमेश लेखकलाई कारबाही गर भन्दै प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले सोमबार बानेश्वरबाट नियन्त्रण लिएको हो।

अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै उनी आन्दोलित छन् ।

बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनुपरेको प्रहरीले जनाएको छ। हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

‘दलितको लागि दलित अभियान’ नेपालका संयोजकसमेत रहेका सुनारले अन्तरजातीय विवाह गर्ने जोडीमाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानूनीरूपमा दमन गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।