चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

२ वैशाख, काठमाडौं । चितवनमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

अमेरिकाको म्यासाचुसेट्स जनरल अस्पतालको मनोचिकित्सा विभाग र चितवन मेडिकल कलेजको मुख्य आयोजनामा आगामी वैशाख १८ देखि २० गतेसम्म सम्मेलन हुन लागेको हो ।
हार्वर्ड मेडिकल स्कुल, ओस्लो विश्वविद्यालय, अमेरिका नेपाल हेल्थ फाउण्डेशन, नेपाल अमेरिकन साइकियाट्रिक एसोसिएशन, हेल्थ फाउण्डेशन नेपाल, नेपाल इन्टिच्युड अफ मेनटल हेल्थ, महिला पुनर्वास केन्द्र लगायत अन्य संस्थाहरू सह–आयोजक रहेको उक्त सम्मेलनको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको पनि सहकार्य रहने बताइएको छ ।
आयोजक कमिटीका सदस्य अमेरिकाको बोस्टन स्थित हार्वर्ड मेडिकल स्कूलका उप–प्राध्यापक डा श्रीधर पौडेलका अनुसार सम्मेलनमा प्रभावकारी समतामूलक सामुदायिक मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उपायहरूको बारेमा छलफल हुनेछ