नयाँ दिल्ली । भारत र अमेरिकाबिच वार्ता भइरहेको व्यापार सम्झौताका सर्तहरूलाई अन्तिम रूप दिइएको र दुवै देशले त्यसमा सहमति जनाएको अमेरिकी उपाध्यक्ष जेडी भान्सले बताएका छन् । अहिले भारत भ्रमणमा रहेको भान्सले जयपुरमा आयोजित एक कार्यक्रममा बोल्दै यो कुरा भनेका हुन् ।
राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले फेब्रुअरीमा घोषणा गरेका थिए कि दुबै देशले यस दशकको अन्त्यसम्ममा आफ्नो द्विपक्षीय व्यापारलाई पाँच खर्ब डलरमा पुर्याउन चाहन्छन् । दुवै पक्ष यसप्रति गम्भीर र उत्साहित छन्’ जेडी भान्सले भने ।
दुई सरकारहरूले साझा हितमा आधारित व्यापार सम्झौताका लागि छलफल गरिरहेको र यो नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, आपूर्ति शृङ्खलाहरू निर्माण गर्न र दुवै देशका कामदारहरूलाई समृद्ध बनाउनमा केन्द्रित भएको पनि उनले बताए ।


















