१२ वैशाख काठमाडौं । आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब परेको छ । २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गरी ३ दिनभित्र विद्यालयमा फर्कि नियमित पठ पाठन गर्ने वातावरण बनाउन बिहीबार सर्वोच्चअदालतले अादेश दिएसँगै सरकारलाई दबाब परेको हो ।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ


















