काठमाडौ -रास्वपा कि नेत्री डा ताेसिमा कार्कीले मानव तस्करी बिरुद्द को अभियान लाई प्रत्येक जिल्लामा पार्टीका साथीहरुले आम नागरिकहरूसँग समन्वय गरेर निलो स्कार्फ लगाएर शान्तिपूर्ण प्रदर्शनमा ब्यानर सहित सार्वजनिक चोकमा उभिन अनुरोध गरेकि छन ।उनले सामाजिक सन्जाल मार्फत तस्करी विरुद्ध निलो स्कार्फ र ब्यानरको अभियान गर्न आआफ्नो जिल्ला प्रशासन कार्यालयमा आफ्नो जिल्लामा हुनुभएका भिजिट भिजा प्रकरणका पीडितहरूको विवरण र उजुरी दिन सक्नुहुनेछ भन्दै एक कपी हाम्रो पार्टी केन्द्रीय कार्यालयलाई पनि पठाउनुहोला उनले भनेकी छन सबैले आ-आफ्नो ठाउँबाट सुरु गरौं बिस्तारै यसले देशव्यापी रुप लिनेछ। अनि बिस्तारै अन्तर्राष्ट्रिय स्तरमा नै प्रभाव पार्नेछ।
हामीले सदनमा गरिरहेका छौं। अब यो अभियान सदन, सडक, सामाजिक सञ्जाल, सञ्चार सबैतिरबाट मुखरित हुन आवश्यक छ। आउनुहोस् सुशासन र सुरक्षित समाजकोलागि एक्यबद्धता गरौं। सदनदेखि सडकसम्म ! हाम्रो आन्दोलन जारी छ।