राष्ट्रिय दलित गोलमेच सम्मेलनको उदघाटन दीपक मलिक डोम र हरिभक्त मिजारले गर्ने

काठमाडौ -आज राजधानीको संवाद डबलीमा रास्ट्रीय  दलित गाेलमेच आयोजक समितिले पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने जानकारी गराएइको हो ।

राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा.निर्मल बिस्वकर्मा ले सो सम्मेलनको उदघाटन सिरहा का दीपक मलिक डोम र अजित मिजार का बुबा हरिभक्त मिजारले गर्नै जानकारी गराउनु भयो ।


विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए । आफूहरुले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई दालित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे ।

सदियौं देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास तथा संघर्ष अभियानको समिक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरुमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेण्डमा बहस हुने जानकारी दिए ।

पत्रकार सम्मेलनका क्रममा सामाजिक अभियान्ता तथा लेखक होमराज आचार्यले २१ औं शताब्धीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा वर्षिनु दुर्भाग्य भएको बाताए । देशमा भएको लामो संघर्ष र परिवर्तनपछी दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै आचार्यले भने,“परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन् लादिन थालेको छ ।”

गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक(अग्नी शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरुबाट सम्मेलनको लागि काठमाडौं आउने क्रम जारी रहेको जानकारी दिए । सम्मेलन दलित मुक्तिको लागि कोषे ढुङ्गा सवित हुने उनको बिस्वास छ ।

राष्ट्रिय दलित गोलमेच सम्मेलन मुल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले ७ दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारीकी र नविन आन्दोलनको आवश्यकता रहेको बताए ।

गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वास ब्यक्त गरे ।

सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले दलित उत्पीडनविरुद्ध विभिन्न संघसंस्था तथा व्यक्तिहरुले अभियान चालाए पनि खासै फरक नपरेकोले गोलमेचबाट नयाँ निकास निस्किने बताईन् ।

पत्रकार सम्मेलनका क्रममा गोलमेच सम्ेलन मुल आयोजक समिति सदस्य मनोज रामले आजको समयमा पनि तराई क्षेत्रमा व्यापकरुपले दलित समुदायमाथि अन्याय भइरहेको र हालचालै दलितको घरमा डोजर चलाएर विस्थापित गरिएको भन्दै त्यसको बिरोध गरे ।