दमाैली-बुधबार बिहान देखि हराएका व्यास –२ कालिका मार्ग निवासी क्या.तारा लाल मल्लकाे शव तीनदिन पछि आज नदिमा डुबिरहेकाे अवस्थामा भेटिएको छ ।
बुधबार मर्निङ वाकमा निस्किएका मल्ल शान्ति नगर पाटन जोड्ने मादी नदीको झोलुङगे पुलबाट वेपत्ता भए पश्चात् खाेजी कार्य तिव्र पारिएको बेला भर्खरै साराङघाटमा फेला परेको हाे । वेपत्ता मल्लको मोवाइल , चस्मा टाेपी लगायतका सामाग्रीहरु झोलुङ्गे पुलमा फेला परेको थियो ।
स्थानीय बासिन्दाका अनुसार बिहान साँढे ४ बजेको समयमा झोलुङगे पुल आसपासको क्षेत्रमा नदीमा ठूलो आवाज आउनुका साथै पुल हल्लिएको आवाज सुनिएको बताएका थिए । झोलुङगे पुलमा मल्लको मोवाइल लगायतका सामान फेला परेसँगै मल्ल पुलबाट हाम फालेको आशंका गरिएको छ। सोही आशंकालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी ,नेपाल प्रहरी र दमौली बजारबासीले वेपत्ता मल्लको खोजी कार्य गर्ने क्रममा आज बिहानै छङ्गेली नेवा खलकाे टाेली साराङघाट , घुमाउनेघाट तर्फ खाेजिकाे लागि गएको थियो । उनको खोजी कार्यका लागि गोदाखोर सहितको टोली समेत खटिएको थियो । मृतक मल्ल विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा लाग्दै आईरहेका थिए ।