इँटाभट्टाको धुलोबाट डाक्टरसम्म: चमार समुदायकाे पहिलो महिला डाक्टर बनिन् स्मृति हरिजन !

 

कृष्णनगर नगरपालिका–८, बहादुरगन्जकी स्मृति हरिजन मधेशी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट उनि  हालसम्मकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छिन् ।

स्मृतिको यो उपलब्धि केवल उनको व्यक्तिगत सफलता मात्र होइन । समाजमा गढिएको विभेदलाई शिक्षाको माध्यमबाट फाल्न सकिन्छ भन्ने उदाहरण पनि हो । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गरेर स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै छिन् ।

श्रोत-सामाजिक सन्जाल