प्रवासबाट गायक रबिन लामीछानेले अाफ्नाे गृह जिल्ला गाेर्खा चिनाउदै
केपि कुमार जलन/ बागलुङ
गायक रविन लामिछाने र गायिका निर्जला गुरूङ्गकाे सहकार्यमा “गाेर्खा घर काठमाण्डाैमा डेरा” बाेलकाे झ्याउरे गित बजारमा सार्वजानीक भएकाे छ ।
भौगोलिक रुपले मध्यपहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको गोरखा जिल्ला जैविक विविधताले धनी र पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ।
गोरखा जिल्ला ऐतिहासिक रुपमा मात्र नभई धार्मिक तथा प्राकृतिक दृष्टिकोणले पनि एक रमणिय स्थल हो । यहाँको मनकामना माई, गोरक्षनाथ, गोरखकालीको दर्शन गर्न तथा गोरखा संग्रहालयको अवलोकन गर्न वर्षेनी हजारौं आन्तरिक तथा वाह्य पर्यटकको आगमन हुन्छ । गोरखा जिल्ला उत्कृष्ट पदमार्गको रुपमा संसारमा प्रसिद्ध छ यसैले पनि गायक रविन लामिछानेले अाफु प्रवासमा रहेर पनि अाफ्नाे जिल्लाकाे पहिचान गर्दे गित मार्फत गाेर्खा जिल्लालाइ संसारभर चिनाउन लागि परेका छन।
।अाफ्नाे जन्मथलाे छाेडेर काठमाण्डाैमा शिक्षा र रोजगारीको खोजीमा सहर पसेर डेरामा बस्नुपर्ने बाध्यतालाई गीतले भावनात्मक रूपमा चित्रण गरेको छ ।
गायक रबिन लामीछानेकाे शब्द संगित रहेकाे गितमा अावजमा गायिका निर्जला गुरूङ्गले साथ दिएकी छिन।
दीप गुरुङ्गकाे निर्देशन, बिजय लामिछानेकाे छाँयाङकन र पदम सुवेदीकाे सम्पादन रहेकाे म्युजिक भिडियाेमा आनन्द गुरुङ, लक्ष्मी गुरुङ, मनोज गुरुङ र मिरा गुरुङको अभिनय देख्न सकिन्छ।
भिडियाे निर्जला गुरूङ्ग अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।