बाढी प्रभावित परिवारहरूको राहतका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघको सहयोग

बाढीपीडितको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ
बाढी प्रभावित परिवारहरूको राहतका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले रु. ५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ।

महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त सहयोग रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गर्नुभएको हो। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
साथै महासंघले नेपालमा सञ्चालित घरेलु तथा साना उद्योगहरुको प्रवद्र्यनका लागि ज्ञापनपत्र पनि अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको छ ।

पीडित परिवारका लागि आवश्यक सामग्रीहरू समेत संकलन गरी छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिनेछ।