आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
शीर्ष ४ को सम्भावना समाप्त भएको अवस्थामा क्यानडालाई पराजित गर्दै शीर्ष ६ मा पुग्ने सम्भावना बलियो बनाउनु र ओडीआई मान्यता जोगाउने अभियानलाई निर्णायक मोड दिनु नेपालको मुख्य लक्ष्य हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा हुने यो प्रतिस्पर्धा दुवैका लागि महत्वपूर्ण २ अंक जोड्ने अवसर त हो नै, लिग २ को शीर्ष ६ भित्र अटाउन र ओडीआई मान्यता जोगाउन पनि दुबै टिमलाई जित बाहेकको विकल्प छैन ।
ओमानले शुक्रबार क्यानडालाई ४१ रनले पराजित गरेपछि नेपालको शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल छनोटमा सीधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो । त्यसकारण शीर्ष ६ भित्र रहेर लिग-२ बाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालले आफ्नो मुख्य लक्ष्य बनाएको छ ।

















