बालेन शाहले आफ्नो तलबबाट र्‍याप गायक यम बुद्धको शालिक बनाउने

असार २५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट र्‍याप गायक यम बुद्धको शालिक बनाउने घोषणा गरेका छन् । फेसबुकमा आज स्टाटस लेख्दै उनले आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् ।

महानगरले यमबुद्धको सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएको छ । यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि बालेनले आफैंले सामाजिक सञ्जालमार्फत आफ्नै तलबाट बनाउने घोषणा गरेका हुन् ।

महानगरको बजेटमा बालेन्द्रको आफ्नो निकट रहेकाको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । ¥याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा आत्महत्या गरेका थिए । उनको निधन लण्डनमा भएको थियो ।