२१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

ताइपेय – २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाा सैन्य विमान उडेको ताइवानका अधिकारीहरूले बताएका छन् ।

टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाा जनसेनका विमान ताइवानको दक्षिणपश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’