शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो।

जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंका अनुसार चिकित्सकहरूले आज जोशीलाई मृत घोषणा गरेका थिए।

डेंगु संक्रमणपछि थलिएका जोशीलाई मुटु र प्रोष्टेटको पनि समस्या थियो। किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै गर्ने गर्छ। नेपाली साहित्यलगायत क्षेत्रमा थुप्रै योगदान दिएका जोशीको निधनले ठूलो क्षति पुर्‍याएको छ।