पाँच तलामाथिबाट खस्दा काठमाडौँमा दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँ। काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९ः२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२ः४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।