कञ्चनपुरमा ब्राउन सुगरसहित तीनजना पक्राउ

कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका- ११ भुजेलास्थित महाकाली नदी किनारबाट झन्डै १४ मिलिग्राम ब्राउनसुगरसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको हाे । य

स सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।