जाजरकोट जिप दुर्घटना ११ जनाको मृत्यु

काठमाडौं। जाजरकोट जिप दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ । सोमबार अपराह्न छेडागाड नगरपालिका ४ स्थित भीरपाटीमा जिप दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो ।

गम्भीर घाइते भएकामध्ये दुईजनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको वडाध्यक्ष गणेश थापाले जानकारी दिए ।

उनका अनुसार एकजनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिपमा जम्मा १२ जना सवार थिए। जिप सडकबाट २५० मिटर तल खसेको छ ।

ज्यान गुमाउनेहरूको विवरण :

मानबहादुर राउत, भगवती माई गाउँपालिका–२, दैलेख

वीरेन्द्र केसी, भगवती माई गाउँपालिका–३, दैलेख

अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका–३, दैलेख

वीरबहादुर खत्री, छेडागाड नगरपालिका–६, जाजरकोट

जैकुवरा बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट

नैनसरा अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट

रामबहादुर बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट

दीपक अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट

देवीसरा बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट

अम्बर अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट

निशा अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट