सिद्धार्थ नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर किन घिसार्‍यो?

काठमाडौँ। रुपन्देहीको सिद्धार्थ नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै गाई, गोरू, साँढेलाई घिसार्दै पीडा दिने हिसाबले लैजान थालेपछि यसको चौतर्फी विरोध भएको छ।

डोरीले गाई-गोरूलाई बाँधेर सडकमा गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ।

छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो।

सोही क्रममा सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ।