चार प्रदेशका हिमाली जिल्लामा हिमपातको सम्भावना, तराईमा हुस्सु

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा मंगलबार (२४ माघ) देशका विभिन्न केही प्रदेशमा हिमपातको सम्भावना रहेको छ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका केही भू–भागमा अहिले हुस्सु÷कुहिरो लागिरहेको छ।

मंगलबार दिउँसो देशका पहा भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाइएको छ।

प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले बुलेटिनमार्फत जनाएको छ।

राति भने प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।