उपनिर्वाचनका कारण त्री वि ले परिक्षा सार्यो

काठमाडौं , ८ बैशाख । उपनिर्वाचनका कारण त्रिभुवन विश्वविद्यालयले आउँदो आइतबार सञ्चालन हुने परीक्षा मिति केही दिन पर सारेको छ । त्रिविले यहीँ बैशाख ४ गतेदेखि जारी स्नातक तह प्रथम वर्षको आइतबार हुने परीक्षा सारेको हो । यसअघि बैशाख १० गते सञ्चालन गर्ने भनिएको उक्त परीक्षा अब १६ गते हुनेछ ।