थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

२३, बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जना कोरोना भाइरस संक्रमित थपिएको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन भने २६ जना निको भएका छन् । देशभर हाल कोरोनाको सक्रिय संक्रमितको संख्या १३७ रहेकोे छ ।