कांग्रेसका नेता विकास लामाको मृत्यु

काठमाडौं, असार ९ । नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ ।

ब्लड क्यान्सरबाट पीडित रहेका लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी केही समयअघि मात्रै थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।