रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका वेनिसा हमाल अनुबन्धित

काठमाडौं, सायन १५ । अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमानायिका बेनिशा हमाल अनुबन्धित भएकी छिन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको उक्त चलचित्रमा नायिका हमाल सोमवार अनुबन्धित भएकी हुन् ।

चलचित्र छायाँकनका लागि वरिष्ठ छाँयाकार विष्णु घिमिरे कल्पिर्त अनुबन्धित भईसकेका छन् । चलचित्र भदौ ७ गतेदेखि छायाकंनमा जादैँ छ ।

चलचित्रमा, रेखासहित पूजा शर्मा, बेनिसा हमाल, मुकुन भुषाल लगायतका कलाकारको अभिनय रहने निर्देशक देउजाले जानकारी दिए ।

रेखा फिल्म्स र कपनगढी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सामाजिक कथामा आधारित हुने बताइएको छ । यो चलचित्रको कथा सुलक्षण भारतीले लेखेका हुन् ।