गायक तथा सर्जक दिपक गुरुङको तिहार गीत जुनेली देउसी सार्वजनिक

काठमाडौं,कार्तिक २३ । गायक तथा सर्जक दिपक गुरुङको तिहार गीत जुनेली देउसी सार्वजनिक भएको छ । नेपालीहरुको दोस्रो महान चाड तिहार अर्थात शुभ दिपावलीको पावन अवसरमा गुरुङले यो गीत ल्याएका हुन् ।

परम्परालाइ जोगाउने र समाजमा लोप हुदै गएका संस्कृतीको जगेणा गर्ने उदेश्यले यो गीत सिर्जना गरेका हुन् । जुनेली देउसी गीत आफ्नो गाँउघरको भेषभुषा झल्कने गरी छायाँकन गरिएको छ ।

गीतमा शब्द,लय,र स्वर दिपक गुरुङकै रहेको छ । गुरुङले यस अघि ‘बाबा’, हितैको माया लगाएका गीत निकालिसकेका छन्न् भने विभिन्न चलचित्रका गीतहरुमा समेत आफ्नो स्वर दिएका छन् । साथै समाज परिर्वतनका लागि र संस्कृति बचाउनका लागि संगित मार्फत अथक प्रयास गरिरहने गुरुङले बताएका छन् ।

भिडियोमा हेर्नको लागि