नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं,मंसिर १३ । काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

१ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई नक्कली नोट सहित पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने जाएको छ ।