कक्षा १२ को परीक्षा यथावत्
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि
कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
शिक्षक महासंघले भने परीक्षा बहिष्कार गर्ने चेतावनी दिएको छ।
उनीहरूले आफ्ना माग पुरा नभएसम्म परीक्षा अवरोध गर्ने बताएका छन्।
बोर्डले सबै तयारी पूरा भइसकेको जनाएको छ।
परीक्षामा सहभागी हुने विद्यार्थीहरूले तनाव अनुभव गरिरहेका छन्।
सरकार र शिक्षक महासंघबीच सहमति जुटाउने प्रयास भइरहेको छ।












